arrow

उपत्यकाबाट हराएका २ सय २३ मोटरसाइकल फेला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
pakrau-bike.jpg

काठमाडौं । ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट हराएका २२३ मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोशाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न क्षेत्रबाट हराएका ती मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

सोही सिलसिलामा महाशाखाले आज २६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले उपत्यकाका पशुपति, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलङ्की, नयाँबसपार्क लगायतका स्थानबाट हराएका १७ मोटरसाइकल तथा ९ स्कुटर फेला पारेर सम्बन्धित धनीको जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एकान्त स्थानमा सवारी पार्किङ गर्दा हराउने गरेको जनाउँदै पार्किङ गर्दा ख्याल गर्न सवारी धनीलाई आग्रह गर्नुभयो । विशेष सूचना तथा सुराकीका आधारमा महाशाखाले मोटरसाइकल खोज्दै आएको उहाँको भनाइ थियो ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र सवारीसाधन राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध समेत गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा मोटरसाइकल चोरी कार्यमा सङ्लग्न ३२ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ । महाशाखाले सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ