arrow

एमालेको जनसाँस्कृतिक महासंघको नवौं अधिवेशन बुटवलमा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
amale-janasaskritik.jpg

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालले आफ्नो नवौं अधिवेशन २०७८ फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।

सोमबार ३५ औं स्थापना दिवस मनाउनुका साथै राष्ट्रिय अधिवेशन आयोजक कमिटीको बैठकले उक्त निर्णय गरेको नेता विष्णु रिजालले जनाएका छन् ।

त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक परिवर्तन र राष्ट्र निर्माणम जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ