यसरी सकियो माओवादी केन्द्रको महाधिवेशन, यी हुन् २३६ केन्द्रीय सदस्य (पूर्ण विवरणसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
2.5k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेका छन् । उनले घोषणा गरेको सूचीलाई बन्दसत्रले पास गरेको छ ।
११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाए । दुई दिन प्रचण्डको प्रतिवेदनमाथि र दुई दिन टोली नेताको प्रस्तुतिलाई सुनेका उनीहरुले आइतबार साँझ प्रचण्डले केन्द्रीय सदस्यहरुको घोषणा गरेको हलभित्र बसेर सुने ।
त्यसअघि माओवादीमा पनि केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव हुन लागेको भन्दै धेरै आश्चर्यमा परेका थिए । ओवादीले लोकतान्त्रिक पद्दतीबाट भन्दा पनि टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्दै आएको यसअघिको परम्परालाई तोड्न लागेको हो ? भन्ने चासो रहेको थियो ।
तर निर्वाचनमा जान शीर्ष नेतृत्व तयार थिएन । जसका कारण विभिन्न समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्यको घोषणा प्रचण्डले गरे । आठ दिनसम्मको महाधिवेशन उत्सवमा पनि प्रचण्डले ६३ जना को चयन गर्न सकेनन् । पदाधिकारी चयन पनि आजै गरिने आशा नेता कार्यकर्तामा थियो। तर प्रचण्डले सहमति नजिक पुगेको भन्दै भोलि टुंगो लाग्ने भन्दै यसलाई पनि पन्छाइदिए ।
महाधिवेशन आयोजना स्थलबाट माओवादीले व्यानर लगायतका सामाग्री हटाइसकेको छ र औपचारिक रुपमा महाधिवेशन सकिएको प्रेस विज्ञप्ति जारी भइसकेको छ । महाधिवेशन सकिएको हो ररु भन्दै प्रतिनिधिहरु भने प्रश्न गरिरहे्का छन् । किनकी महाधिवेशनबाट कमिटीले नै पूर्णता पाउन सकेन । समग्रमा भन्दा माओवादीको महाधिवेशनबाट प्रतिनिधि र माओवादी कार्यकर्ताले न वैचारिक स्पष्टता पाए र केन्द्रीय समिति, पदाधिकारी पाउन सके ।
चुनाव नजिकै आउँदा महाधिवेशनपछि नेता कार्यकर्तामा जुन खालको उत्साहको सञ्चार हुने अनुमान गरिएको थियो त्यस अनुसार माओवादी महाधिवेशन सफल हुन सक्यो वा सकेन भन्ने आगामी दिनमा देखिनेनै छ।
यस्तो छ प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको सूची
खस आर्य पुरुषतर्फ (समानुपातिक)
१, नारायणप्रसाद दाहाल
२, सुर्यप्रकाश सुवेदी
३, धिरेन्द्र शर्मा
४, नरबहादुर विस्ट
५, बसन्त शर्मा
६, केशब नेपाल
७, निर्मल आचार्य
८, जोगबहादुर महरा
९, तारानाम सुविर
१०, देवराज रेग्मी
११, हरिराज अधिकारी
१२, देवेन्द्र पराजुली
१३, अच्युतम काफ्ले
खस आर्यतर्फ युवा पुरुष
विजय भण्डारी हुम्ला,
दुर्गा प्रसाद चापागाईं तेह्रथुम,
अनिल शर्मा बागमती,
लालबहादुर सोडारी सुदूरपश्चिम
खस आर्य महिलातर्फ
१, आशा कोइाराला
२, सीता पोखरेल
३, कल्पना धमला
४, गंगाकुमारी बेलबासे
५, दामाकुमारी शर्मा
६, देवी खड्का
७, धर्मशिला चापागाईं
८, नारायणी शर्मा
९, बलावती शर्मा
१०, बिमला सुवेदी
११, रेनु चन्द
१२, रेनु दाहाल
१३, सत्य पहाडी
१४, संगिता कार्की
१५, सुशिला सिम्खडा
१६, ज्ञानु बस्नेत सुवेदी
१७, लक्ष्मी देवी न्यौपाने
१८, मन्जु बम
१९, कुन्ति जोशी
२०, टिका बुढाथोकी
२१, गोमा कुवँर
२२, कालि चलाउने
२३, लुम्बिनी गौतम
२४, हरिमाया शर्मा
२५, रुक चौलागाईं
खुला
१, नीपबहादुर थारु चौधरी
२, लक्ष्मणदत्त जोशी
३, शरदसिंह भण्डारी
४, खगराज भट्ट
५, नरेन्द्र बहादुर कुँवर
६, त्रिलोचन भट्ट
७, माधव सापकोटा
८, युवराज चौलागाईं