गगन थापाले दुर्गाफाँटमा कांग्रेस आमसभालाई सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
729
Shares
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दुर्गाफाँटको आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यसको लागि हेलिकप्टर मार्फत जाने तयारी भएको कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते दिउँसो २ बजे बस्ने भएसँगै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाँटमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न हेलिकप्टर मार्फत ११ बजे दुर्गाफाँट पुग्ने कार्यक्रम तय भएको छ ।
आमसभालाई सम्बोधन गर्न कांग्रेस नेताहरू पुष्पा भुसाल, सञ्जय गौतम, गोविन्दराज पोख्रेल लगायतका नेताहरू दुर्गाफाँट जाने कार्यक्रम तय भएको कांग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलले बताए ।
कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता हुने आयोजकले जनाएको छ ।