पदाधिकारीमा हारेका आफ्नो पक्षका थप तीन नेतालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनयन
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
2.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेताहरु जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम श्री जीवनबहादुर शाही, श्री प्रदीप पौडेल र श्री कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ’, मुख्यसचिब पौडलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आज थपिएका तीनै जना पदाधिकारीमा पराजित नेताहरु हुन् । गुरुङ सभापतिमा पराजित भएका थिए । उनले सभापतिको दोस्रो चरणमा देउवालाइ सघाएका थिए । पौडेल महामन्त्रीमा पराजित भएका थिए । उनी देउवा पक्षकै हुन् ।