arrow

कांग्रेसको परीक्षण आन्तरिक महाधिवेशनले नभइ आम निर्वाचनले गर्छ: गृहमन्त्री खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
khad-lalitpur.jpg

ललितपुर । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान सरकार आगामी आम निर्वाचन निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सक्षम रहेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको शुभकामना सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री खाँणले संविधानअनुसार पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधान अनुसार निर्वाचन गराउन सरकार तयार रहेको बताए ।

स्थानीय तह निर्वाचन नजिक रहेको अवस्थामा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउँदै मन्त्री खाँणले कांग्रेसको परीक्षण आन्तरिक महाधिवेशनले नभइ आम निर्वाचनले गर्ने औंल्याए । निर्वाचनमा कांग्रेस पराजय हुँदा मुलुक कमजोर हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा १४औं महाधिवेशनमा ललितपुरबाट केन्द्रीय सदस्यमा निर्वाचित निवर्तमान पार्टी सभापति मदनबहादुर अमात्य, नेपाल सरकारका पूर्व अर्थराज्यमन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष उदय शम्शेर राणा, कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत र महिला नेतृ उर्मिला केसी नेपाललाई बधाई तथा सम्मान गरेको थियो।

बागमती प्रदेशमा निर्वाचित उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषि राम घिमिरे, सदस्यहरु राजिवराज पौडेल, प्रविणा शर्मा, महान अर्याल, तारादेवी दुलाल पन्त, लक्ष्मी महर्जन र मोहमद मुकिमलाई समेत सम्मान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ