arrow

राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया शुरु: निर्वाचन चिह्न पहिलोमा सूर्य, चौथोमा ढल्केको छाता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
election-commission167.jpg

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया शनिबारबाट शुरु भएको छ । निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया शुरु भएको र पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने र आचारसंहिता लागू हुनेछ ।

मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था भइसकेको आयोगले यसअघि नै जनाएको छ । निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहनेछन् । 

आयोगले चुवान चिह्न पनि निर्धारण गरिसकेको छ । मतपत्रको शुरुमा एमालेको सूर्य चिह्न रहने आयोगको भनाइ छ ।
त्यस्तै दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता निर्धारण भइसकेको छ ।

पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदुर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलका चुवान चिह्न रहने आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ