नेपाल समावेशी र समानुपातिक सिद्धान्तको अभ्यास गर्ने पहिलो मुलुक: देउवा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
727
Shares
काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल समावेशी र समानुपातिक सिद्धान्तको अभ्यास गर्ने पहिलो मुलुक भएको दाबी गरेका छन् ।
नेपाली राजनीतिमा महिलाहरुको आकर्षण बढेको र नीति निर्माण तहमा महिलाहरुको सहभागीता उल्लेख्य रहेको उनले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ढा.डिला संग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तक प्रधानमन्त्रीको निजी निवास वालुवाटारमा विमोचन गर्दै देउवाले नेपाली कांग्रेसले पनि महिलाहरुलाई उल्लेख्य रुपमा सहभागीत बढाएको औंल्याए ।
नेपालको संविधान नै समावेशी भएकाले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्था मिलाएको बताए ।
‘कांग्रेसमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यमिति र तल्ला तहहरुमा सुनिश्चिता भएको छ । वास्तवमा कांग्रेस जस्तो समावेशी पार्टी नेपालमा अरु छैनन्’, उनले भने ।
पुस्तककी लेखिका वा कांग्रेस नेतृ डा.संग्रौलाको प्रशंसा गर्दै देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेलेकोप्रति धन्यवाद दिए । ५१५ पृष्ठको पुस्तकमा डा.संग्रौलाका प्रकाशित लेखहरु संग्रह गरिएको छ ।