arrow

युवाको काँधमा देशको विकास गर्ने जिम्मा – गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
gagan-thapa-umedwari.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे । 

महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको बताए । नेपाल जेसिजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालले हाल देशभर झण्डै २०० संस्थामा १० हजारभन्दा बढी युवालई नेपाल जेसिजमा आबद्ध गराइएको बताए । 

नेपाल जेसिज सन् २०२२ का लागि अध्यक्ष जेसिआई सिनेटर लालमणि भण्डारीले पदभार ग्रहण गरेका थिए । एक वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ