arrow

इलाम कांग्रेस प्रदेश सभा १(ख)ले ‘प्रदेश विशेष अभियान’ चलाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
congress-ILamm.jpg

इलाम । नेपाली कांग्रेस इलामको प्रदेश सभा १ (ख) को नियमित बैठकले ‘प्रदेश विशेष अभियान’ चलाउने भएको छ ।

विहीबार इलामको रोङ गाउँपालिकामा सम्पन्न बैठकले  ‘प्रदेश विशेष अभियान’ क्षेत्रीय समितिसँग सहकार्य गरेर चलाउने र प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई आगामी बैठकको एजेण्डा बनाउने निर्णय पनि गरेको छ ।

सभापति निस्कल राईको अध्यक्षतामा बसेको बैठकले कार्य समितिको कोषाध्यक्षमा निर्वाचित सदस्य डम्बरबहादुर राईलाई मनोनित गरेको छ । यस्तै, प्रत्येक महिनामा कार्य समितिको बैठक बस्ने,कार्यालय व्यवस्थापनका लागि पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ ।

अधिबेशनले सुम्पिएको जिम्मेवारीलार्इ सामूहिक ढंगले सम्पादन गर्ने संकल्प पनि बैठकले गरेको सभापति निस्कल राईले जानकारी दिइ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ