कांग्रेस वीपी र प्रजातान्त्रिक महासंघबीच एकता, यस्तो आठ बुँदे सहमति
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
610
Shares
काठमाडौं । नेपाली कांग्रेस (वीपी) र नेपाली कांग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायतको समूहबीच एकता भएको छ । नेपाली कांग्रेस (वीपी) पार्टीको कार्यालयमा आयोजित एक कार्याक्रममा सभापति सुशिलमान शेरचन र नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मा समूहका तर्फबाट शर्माबीच आठ बुँदे संझौता पत्रमा हस्ताक्षर गरी एकताको घोषणा गरिएको हो ।
सम्झौता पत्रमा भनिएको छ –‘नेपाली कांग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्दप्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायत महासंघका केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति, विषयगत नौ वटै संघमा आवद्ध साथीहरु महिला समिति, युवा समिति, नेपाली कांग्रेस पार्टीका विभागीय सदस्यहरु आदिमा आवद्व रहेका मध्येबाट नेपाली कांग्रेस (वीपी) ले लिएको वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरी धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपालको अभियान प्रति प्रतिवद्वता पार्टीमा समाहित हुने स्वच्छिक रुपमा नेका (वीपी) र नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समूहबीच पार्टी एकता, पार्टीमा सदस्यता लिएपछि क्रमशः प्रवेश गर्न आउनेहरुलाई केन्द्र, प्रदेश, जिल्ला आदिमा जिम्मेवारी प्रदान गर्ने, महासंघसँगै अध्यक्ष गोविन्दप्रसाद शर्मा समूहमा अन्य संघ, संस्था, धार्मिक, तथा वैचारिक संस्थाहरुका साथीहरु समेत सहभागी हुने हुँदा उहाँहरुलाई पार्टी सदस्यता दिएर जिम्मेवारी प्रदान गर्ने, नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्दप्रसाद शर्मा समूहबाट नेका वीपीमा आउने साथीहरुलाई नेका वीपी सरहकै संख्यामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीहरु हुने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरु क्रमिक रुपमा समायोजन गरी विस्तार गरी जिम्मेवारी प्रदान गर्ने, संसदीय समितिका निर्णयहरु आपसी सहमतिमा गर्ने, महासंघ तर्फबाट आउने साथीहरुलाई आपसी सहमतिमा केन्द्र, प्रदेश र जिल्लामा जीम्मेवारी प्रदान गर्ने र पार्टी भित्रको वरियता क्रम सभापति सुशिलमान शेरचन र समुहका नेता गोविन्द प्रसाद शर्मा बिचको सहमतिमा गरिने उल्लेख भएको छ ।
एकतापछि पार्टीबाट जिम्मेवारी पनि प्रदान गरिएको छ । महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मालाई वरिष्ठ उपसभापति, महासंघका उपाध्यक्ष तथा नेपाली कांग्रेसको राज्य प्रशासन विभागका केन्द्रीय सदस्य भरतराज शर्मालाई उपसभापति, महासंघका महासचिव भक्तराज भुषाललाई महामन्त्री र महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियारलाई सुदूरपश्चिम प्रदेश संयोजक सहित उपसभापतिको जिम्मेवारी पनि प्रदान गरेको कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए ।
यस्तो सहमति पत्र–
१, नेपाली कांग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्दप्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायत महासंघका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, विषयगत नौ वटै संघमा आवद्ध साथीहरु महिला समिति, युवा समिति, नेपाली कांग्रेस पार्टीका विभागीय सदस्यहरु आदिमा आवद्व रहेका मध्येबाट नेपाली कांग्रेस वीपीले लिएको वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरी धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र नेपालको अभियान प्रति प्रतिवद्वता पार्टीमा समाहित हुने स्वच्छिक रुपमा नेका वीपी र नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समूहबीच पार्टी एकता गर्न सहमत भयौं ।
२ पार्टीमा सदस्यता लिएपछि क्रमशः प्रवेश गर्न आउनेहरुलाई केन्द्र, प्रदेश, जिल्ला आदिमा जिम्मेवारी प्रदान गरिने छ ।
३, महासंघ सँगै अध्यक्ष गोविन्दप्रसाद शर्मा समूहमा अन्य संघ, संस्था, धार्मिक, तथा वैचारिक संस्थाहरुका साथीहरुसमेत सहभागी हुने हुँदा उहाँहरुलाई पार्टी सदस्यता दिएर जिम्मेवारीप्रदान गरिनेछ ।
४, पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुमा अहिले नेका वीपी पार्टीमा रहेका संख्या सरहकै नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्दप्रसाद शर्मा समूहका साथीहरुलाई मनोनयन गरिने छ ।
५, भ्रातृ तथा शुभेच्छुक संस्थाहरु क्रमिकरुपमा समायोजन गरी विस्तार गरी जिम्मेवारी प्रदान गरिनेछ ।
६, संसदीय समितिका निर्णयहरु आपसी सहमतिमा गरिनेछ ।
७, महासंघका तर्फबाट आउने साथीहरुलाई आपसी सहमतिमा केन्द्र, प्रदेश र जिल्लामा जिम्मेवारी प्रदान गरिने छ ।
८, पार्टी भित्रको वरीयताक्रम सभापति सुशिलमान शेरचन र समूहका नेता गोविन्दप्रसाद शर्मा बीचको सहमतिमा गरिने छ ।