arrow

नयाँ बसपार्कमा एक महिलामाथि तीन होटलमा लगेर करणी, ८ जना पक्राउ

logo
एम गौतम
प्रकाशित २०७८ पुष १४ बुधबार
choree-balatkar.jpeg.jpeg

काठमाडौं। काठमाडौंको नयाँ बसपार्कमा एक महिला माथि सामूहिक बलात्कार भएको घटनामा ९ जनाको संलग्नता रहेको पाइएको छ।

सुर्खेतबाट १२ पुसमा कामको खोजिमा काठमाडौं आएकी ती महिलामाथि नयाँ बसपार्कको तीन फरक फरक होटलमा लगरे सामूहिक बलात्कार भएको प्रहरीले बताएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले १२ पुसमा काठमाडौं आएकी ती महिलामाथि फरक फरक तीन होटलमा लगेर बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए।

आफूमाथि सामूहिक बलात्कार भएको भन्दै ती महिला एक अर्की महिलासँग प्रहरी समक्ष पुगेपछि प्रहरीले सीसीटिभी फुटेजका आधारमा घटनामा संलग्न ८ जनालाई पक्राउ गरिएकोे एसएसपी गिरीले जानकारी दिएका हुन्। 

पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र नाम नखुलेका अर्का एक जना छन्। घटनामा संलग्न अर्का एक व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीले बताएको छ।

प्रहरीले सात जनालाई मंगलबार रातीसम्म तथा एक जनलाई बुधबार विहान पक्राउ गरेको हो।  प्रहरीले ती महिलाको स्वास्थ्य अवस्था र मानसिक अवस्थाको चेकजाँचका लागि पहिले अस्पताल पुर्याएको थियो। त्यसपछि चिकित्सकको अनुमति लिएर मात्रै उनीमाथि घटछनाबारे सोधपुछ गरेको थियो।

अझै पनि ति महिला शारिरिक रुपमा कमजोर देखिएकाले प्रहरीले धेरै सोधपुछ गर्न सकेको छैन।

‘पहिले ती महिलाको स्वास्थ्य अवस्था ठिक हुनुपर्यो, उहाँलाई अहिले पनि हामीले अस्पताल पठाएका छौं, उहाँको स्वास्थ्यमा सुधार भएपछि थप सोधपुछ गछौं,’ एसएसपी गिरीले भने।

प्रहरीले मंगलबार ३ बजेको आसपासमा घटनाबारे जानकारी पाएको थियो। त्यसपछि प्रहरी प्रभाग नयाँ बसपार्क र परिसर काठमाडौंबाट एसएसपी गिरी आफैं घटनास्थल पुगेका थिए।

सो क्रममा पहिले १० वटा भन्दा बढी होटललाई शंकास्पद मान्दै निगरानीमा राखेको थियो। तरपछि सीसीटिभी फुटेजका आधारमा एक होटल पत्ता लागेको थियो भने होट पत्ता लागेपछि घटनामा संलग्न व्यक्तिहरु पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो।

सामूहिक बलात्कारको घटनामा संलग्नहरु वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ