arrow

कांग्रेस नेता श्रेष्ठको निधनप्रति दुःख प्रकट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता एवं पूर्व महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको ६३ वर्षको उमेरमा गए मध्यराति भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख प्रकट गरेको छ । जन्तेढुंगा गाउँपालिका चिसापानीका वडाध्यक्षसमेत रहेका स्वर्गीय श्रेष्ठ साविक चिसापानी गाविसका पूर्व अध्यक्ष, नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिको पूर्व सदस्य थिए ।

सामाजिक, सामुदायिक, शैक्षिक, राजनैतिक एवं जिल्लाको विकास निर्माणमा उनले सक्रिय योगदान पुयाएउँदै आएका थिए । कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्याएको योगदान पार्टीमा सदैव स्मरणीय रहिरहनेछ भन्दै कांग्रेसले उनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ