arrow

पाँच महिनामा २५ सय ८३ प्रहरी कर्मचारीलाई सहुलियत ऋण, २० जनालाई घर कर्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
Nepal-police-e1462325536967.jpeg

काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिने अवधिमा नेपाल प्रहरीका २५ सय ८३ जनाले सहुलियत ऋण लिएका छन् । गत साउनदेखि मंसिर महिनासम्म नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षकदेखि प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीसम्म गरी २५ सय ८५ जनाले सहुलियत ऋण लिएका हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार राजपत्रांकित कर्मचारीको हकमा तीन लाख र राजपत्रअनंकित कर्मचारीको हकमा दुई लाख ऋण उपलब्ध गराउने गरिएको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार प्रहरी वरिष्ठ उपरिक्षक १, प्रहरी उपरिक्षक ५, प्रहरी नायब उपरिक्षक २०, प्रहरी निरिक्षक ६२, प्रहरी नायब रिरिक्षक ११६, प्रहरी सहायक निरिक्षक २५६, प्रहरी हवल्दार ६६५, प्रहरी जवान १३ सय ८९ र कार्यालय सहयोगी ६९ जना गरी चालु आर्थिक वर्षको पाँच महिने अवधिमा २५ सय ८३ जनाले सहुलियत ऋण लिएका हुन् ।

यो कर्जा २०७१ देखि हालसम्म ३५ हजार ४ सय ५२ जनाले लिइसकेका छन् ।

यसैगरी २०७८ साउनदेखि मंसिरसम्म प्रहरी कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत दर्जासम्मका प्रहरी कर्मचारीहरुलाई सहुलियतपूण घर सापटी कर्जा योजना विकास र कार्यान्वयन अन्तर्गत हालसम्म २० जना कर्मचारीले सहुलियतपूर्ण घर सापटी कर्जा लिएका छन् ।

यो कर्जा लिनेमा प्रहरी नायब निरिक्षक ७, प्रहरी सहायक निरिक्षक २, प्रहरी हवल्दार ९ र प्रहरी जवान २ जना गरी २० जना छन् । यी सबैलाई गरी १ करोड २ लाख उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यो कर्जा जुनियर अफिसरको हकमा ७ लाख, प्रहरी हवल्दार, प्रहरी जवान र कार्यालय सहयोगीलाई ६ लाखसम्म उपलब्ध गराइन्छ। यो कर्जा २०७७ सालदेखि हालसम्म ८५ जनाले पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ