arrow

केसी र शर्मालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
nepal-army-fuli.JPG

काठमाडौं । नेपाली सेनाको उपरथीमा पदोन्नति भएका प्रदीपजंग केसी र योगराज शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गत पुस ८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पदोन्नति भएका केसी र शर्मालाई सोमबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

उपरथी केसी सैनिक इन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन् । त्यस्तै उपरथी शर्मा उपत्यका कमाण्ड मुख्यालयको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् ।

त्यस्तै मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका सात जनामध्ये चार जना महासेनानीहरुलाई प्रधानसेनापति महारथी शर्माले सोही कार्यक्रममा सहायक रथी दर्जाको दर्ज्यानी चिन्हसमेत प्रदान गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ