arrow

एमाले मजदूर इलाकामा सुवेदी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Majdur.jpg

पोखरा । नेकपा एमाले मजदूर इलाका कमिटीको अध्यक्षमा तुलसीप्रसाद सुवेदी निर्वाचित भएका छन् । कमिटीको छैटौं अधिवेशनले सुवेदीलाई तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । 

कमिटीको उपाध्यक्षमा रेशम थापा, सचिवमा पवी गुरुङ, उपसचिवमा हरिभक्त श्रेष्ठ र मिलन तिमिल्सिना रहेका छन् । अधिवेशनले कमिटीको ५१ जना सदस्य चयन गरेको छ ।

निर्वाचित सबैलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ