arrow

कांग्रेस वरीयताबारे नेता केसी भन्छन् : वरीयता कार्यकर्ताको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
arjun-narasingh-kc-2021.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ताको मूल्यांकन र विश्वासमा निर्भर हुने प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले नेताहरुको बरीयता निर्धारण गरेपछि केसीको प्रतिक्रिया आएको हो । विगतमा सभापतिको निकटतम प्रत्यासीलाई नै दोस्रो वरीयतामा राख्ने अभ्यास थियो ।

१४ औं महाधिवेशनमा सभापतिमा शेर बहादुर देउवाका निकटतम प्रत्यासी बनेका डा.शेखर कोइराला केन्द्रीय समितिको वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेपछि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । सोही क्रममा केसीको प्रतिक्रिया आएको हो ।

नेता केसीले सामाजिक संजालमार्फत भनेका छन्,‘राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ता साथीहरूको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ। यसरी पार्टी पंक्ति निर्धारणका परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो, तसर्थ  निश्चित मापदण्डको लागि  निस्पक्ष र खुला विवेचना गरौं।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ