नेपालगन्ज। नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको जगेर्नामा बिपीवाद अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।
कोइरालाले मुलुकको राजनीतिले सबैको हित गर्नुपर्ने बताउँदै एक पार्टीको मात्र हित हुने, असहमतिमा रहेकालाई सहमतिमा नल्याउने लोकतन्त्रको मूल्य, मान्यताको प्रक्रिया मिचेर सरकार सञ्ंचालन गर्ने प्रवृत्तिको पक्षपोषण आफ्नो दलले गर्न नसक्ने बताए । रासस