arrow

एमाले जनवर्गीय सङ्गठनलाई प्रभावकारी बनाउनेबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
uml-jana-sangathan-2078.jpg

काठमाडौँ। नेकपा एमालेको जनसङ्गठन समन्वय संयन्त्रले जनसङ्गठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ। बुधवार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदल सदस्यहरूमा रचना खड्का, गोकुल बास्कोटा, महेश बस्नेत, पार्वत गुरुङ, माधव ढुङ्गेल र विष्णु रिजाल रहेका छन्।

कार्यदलले जनसङ्गठनका पदाधिकारी कति जना रहने ? जनसङ्गठनमा काम गर्नेहरूको पार्टीमा अवस्था के हुने ? जनसङ्गठनबाट बिदा भएकाहरू पार्टी काममा पुगेका छन् वा छैनन् र नभए कसरी पुर्‍याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्ने छ।  सोही सुझावका आधारमा फागुनसम्ममा जनसङ्गठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ।

संयन्त्रको बुधवारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव  शङ्कर पोखरेल, जनसङ्गठनका इन्चार्ज, सह इन्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए। बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको जनाएको छ। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ