arrow

एमालेका कारण राष्ट्रिय सभा बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
rastra-savva.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोधका कारण सोमबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।  बैठक शुरु भएलगत्तै एमालेका सांसदहरु उभिएर विरोध गरेका थिए ।

एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ । सोमबारको बैठकमा भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि सांसदहरुले अटेर गरेपछि बैठक स्थगित गरिएको थियो ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरु समक्ष कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ