पार्टीको सचिवमा विजयी भएपछि हुमागाईले त्यागे पत्रकारिता, दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
606
Shares
काठमाडौं । नेपाली कांग्रेसको झापा सचिवमा निर्वाचित भएपछि कृष्ण हुमागाईले तीन दशक लामो पत्रकारिता जीवनबाट विश्राम लिएका छन् ।
उनले अब सक्रिय राजनीतिमा लाग्ने प्रतिवद्धतासहित पत्रकारिताबाट बिदा लिएको घोषणा गरेका हुन् ।
आइतबार झापामा आयोजित एक कार्यक्रममार्फत उनले सक्रिय पत्रकारितामा नरहने र पत्रकार महासंघको कुनै पनि पदमा नरहने घोषणा गरेका छन् ।
उनले भने,‘म अब तपाईहरुसँगको तीन दशक लामो पेशागत सहकार्यबाट अलिकति ओझेल पर्न चाहन्छु तर सामाजिक जीवनमा भने झन क्रियाशील रहन चाहन्छु । म अब सक्रिय पत्रकारितामा रहन्न र नेपाल पत्रकार महासंघको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणा गर्दछु ।’
दोस्रो जन आन्दोलनताका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सडकमा अग्रमोर्चाको भूमिकामा रहेका हुमागाईले पत्रकार महासंघको राष्ट्रिय परिषद सदस्यबाट पनि राजीनामा दिएका छन् ।