arrow

सर्वदलीय बैठकमा नजाने एमालेका दुई कारण  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
kp-sharma-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईवटा कारण देखाउँदै बैठकमा नजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको गरी दुई वटा कारण देखाएर सहमभागी हुन नसक्ने जवाफ दिएका छन् । 

‘हिजो प्रधानमन्त्रीज्यूले अध्यक्षज्यूलाई फोन गरेर सर्वदलीय बैठकका लागि निम्ता दिनुभएको थियो,’ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई दुई कारणले उपस्थित हुन नसक्ने जानकारी दिनुभएको छ । पहिलो प्रतिपक्ष दलसँग कुनै सल्लाह नगरी औपचारिकता निभाउनका लागि बैठक आह्वान गर्नुभयो । दोस्रो जुन माग राखेर संसदमा अवरोध भइरहेको छ, त्यो हल गर्नतर्फ प्रधानमन्त्री अझै लाग्नु भएको छैन ।’ 

उनका अनुसार प्रधानमन्त्री देउवाले औपचारिकता निभाउनका लागि मात्र निम्तो गरेकाले एमाले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी अध्यक्ष ओलीले दिएका छन् ।

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेको नेम्वाङको भनाइ छ । 

नेकपा एमाले विभाजित गरी नेकपा (एस) गठन गर्दा पार्टीको सिफारिसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । 

१०औं महाधिवेसनमासमेत नेकपा (एस) लाई निमन्त्रणा नदिएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजे वालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ