arrow

लगातार संसद अवरोध हुँदा पनि सरकार तमासा हेरेर बस्योः अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
khagraj.png
तस्बिर– फाइल

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री  खगराज अधिकारीले लगातार संसद अवरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् ।

नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चको पाचौं अधिवेशन उद्घाटन गर्दै अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाएका हुन् । 

उनले सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाएको आरोप लगाउँदै यो सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको बताए । उनले अहिले सरकारमा रहेको गठवन्धन धेरै नटिक्ने दावी गर्दै ठूलो पार्टी एमालेलाई एक्ल्याएर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे ।

एमाले धादिङका सहइन्चार्ज जानुका सिंखडाले मुलुकको समृद्धि र विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने दावी गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क समितिका निवर्तमान सभापति केदार धमला, माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वरकुमार श्रेष्ठ, मञ्चका पूर्वअध्यक्षहरु वेनी पाठक, कृष्णबहादुर लम्साल लगायतले बोलेका थिए । 

मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन खतिवडा र सञ्चालन सचिव योगप्रसाद सापकोटा नवराजले गरेका थिए ।  

मञ्चमा नयाँ नेतृत्व चयन

मञ्चको अधिवेशनले अध्यक्षमा शेरबहादुर अधिकारी चयन गरेको छ । अधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्षको भूमिकामा थिए ।

यसैगरी मञ्चको तीन उपाध्यक्षमा अर्जुन खतिवडा, सरस्वती श्रेष्ठ सरु र योगप्रसाद सापकोटा नवराज चयन भएका छन् । 

यस्तै, सचिवमा सरोज कुँवर, उपसचिवमा रामप्रसाद दुवाडी र विष्णुमाया श्रेष्ठ छन् । 

यसैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद नेपाल, गणेश गिरी, मनिष सिलवाल, शान्ति मगर, सीता कोइराला, सरिता आले, सुभाष कंडेल, नीरमाया तामाङ, वेनबहादुर तामाङ, शम्भुप्रसाद न्यौपाने, मनोज अधिकारी, सञ्जु अधिकारी, सरोज श्रेष्ठ, कमल सापकोटा, करिकृष्ण श्रेष्ठ, इलिना भण्डारी, दिनेश तुलाधर, नानीराम कोइराला, युवराज इटनी र सर्मिला तामाङ छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ