arrow

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
ncell-bizlite-2078.jpg

काठमाडौँ। साना तथा मझौला व्यवसायी र कार्यालयहरूले अब विशेष रूपमा उनीहरूकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ।

यस योजनामा मासिक रूपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ। साना तथा मझौला व्यवसायी र स–साना कार्यालय हरुलाई ध्यानमा राखी ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विशेषताहरू रहेका छन्। ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समय सीमा नरहने व्यवस्था रहेको छ।

बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रवार (पुस २) बाट लागु हुने गरी यो योजना ल्याइएको हो।

-कुनै निश्चित मासिक रकम तिर्न नपर्ने 
-कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा 
-रु २०० को रिचार्जमा प्रत्येक ३० दिनमा १ जीवी डेटा बोनस
-थप डेटा, भ्वाइस, एसएमएस र कम्बो प्याकको सुविधा 
-प्लान सुचारु गर्दा डेटा र मेन ब्यालेन्स बोनस पाइने 

ग्राहकहरूले सरल रूपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरी यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात् कार्यालयका साथीहरूसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन्। त्यसै गरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ। यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा पाउँछन्।

ग्राहकले एक पटक मात्र कर सहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन्। यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समय सीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन्। यसको साथै ३० दिन सम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समय सीमा रहेको १ जीवी डेटा पनि प्राप्त गर्दछन्।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरू पनि खरिद गर्न सक्छन्। ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीवी-४ जीवी-६ जीवी डेटा प्याक, वानटाइम ३ जीवी-५ जीवी प्याक र कम्बो प्याकहरू खरिद गर्न सक्छन्। कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन्।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरू र स–साना कार्यालय हरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरू प्रदान गदै उनीहरूका बिजनेस कम्युनिकेसनलाई अभिवृद्धि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ। यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरूले कम्तीमा २ सिम कार्ड लिनुपर्नेछ। विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरूले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरू पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ