चन्द्र भण्डारीको प्रतिक्रिया: 'रुपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित गर्न सफल भयौं'
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
853
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित गर्न आफूहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।
१४औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट उपसभापति पदमा आफू पराजित भएपछि महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफु बाण शैय्यामा परेर भएपनि परिवर्तनको पक्षमा उभिन सक्नु नै वास्तविक विजय भएको बताएका छन् ।
सभापतिमा विजयी भएका शेर बहाहुर देउवालाई बधाइ दिंदै आन्तरिक प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रियाका रुपमा ग्रहण गरि पार्टीलाई एक ढिक्का बनाई माथी उठी पार्टी र देशको नेतृत्व गर्न सुझाव पनि दिएका छन् ।
प्रतिनिधिहरुले आशा गरे अनुसारको कांग्रेस बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै भण्डारीले भविष्यमा पार्टीप्रति कुनै प्रश्न उठ्ने कर्म नगर्ने र अरुलाई पनि रोक्ने प्रतिबद्धता जनाए ।