-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मत गणना अनुसार धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
प्रारम्भको १२ सय मत गणना हुँदा खड्काले ५०१ मत प्राप्त गरेका छन् । त्यस्तै गुरुङले ५४३ मत ल्याएका छन् ।
त्यस्तै विजय कुमार गच्छदारले ४५४ र चन्द्र भण्डारीले ४७२ मत ल्याएका छन् ।
सुजाता कोइरालाले १३८ र महेश आचार्यको १३० मत आएको छ । दिब्यश्वरी शाहको ३५ मत आएको छ ।