arrow

एनसेल र राकुटेन भाइवरको साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टिकर्स र अन्य सुविधा उपलब्ध हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
ncell.png
फाइल तस्बिर

काठमाडौं। यी प्याकहरूका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिले देखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन्। यो नयाँ अफरसँगै अब भाइवरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ्, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको छ। भाइबरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिष्कृत गरेको छ।

त्यसै गरी, एनसेल ग्राहकहरूले भाइबरको स्टिकरहरूमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ।

“डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्येको एक भाइवरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौँ। हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौँ र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौँ।,” एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने।

एनसेलले पहिले नै भाइवरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्नेछ।

राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड चेले भने, “उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजीङ् प्लेटफर्ममार्फत मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्य बीच ठुलो तालमेल रहेको छ। हामीलाई विश्वास छ यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ।”

ग्राहकहरूले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ