यादव आचार्य, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नं. ७ तुलापुर जनप्रियटोल स्थित माईला नाउले जोतभोग गर्दै आएको देवराज पौडेलको अडहरवारीमा वेवारिशे ग्रिनेट बम भेटिएको छ ।
स्थानिय वालक सुसिल साउँदले खेलाउना भनी घर नजिकै ल्याएपछि छिमेकी धन बहादुर खड्काले बम भएको भनी प्रहरीलाई खवर गरेका थिए ।
सोवम द्वन्द कालको हुनसक्ने प्रहरीले आशंका रहेको र प्लाष्टिक हेण्ड ग्रिनेट बम पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले वताए । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले वमलाई सुरक्षा दिएर राखिएको छ । नेपाली सेनाको वम डिस्पोजल टोली घटनस्थल तर्फ पुगेको जनाईएको छ ।