सुधारिँदै कोरोना संक्रमित प्रधानन्यायाधीश जबराको स्वास्थ्य
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
646
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । उनी यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतमा ३८ दिनसम्म न्यायाधीशहरु काममा गएका थिएनन् । हिजोदेखि काम शुरु भएको छ ।
नेपालको न्यायालयको इतिहासमा पहिलो पटक गोलाप्रथाद्धारा पेसी तोकिएको छ । उक्त पेसी भने उत्साहजनक नभएको बताइएको छ ।