arrow

रेखा थापा राप्रपा महामन्त्रीकी उम्मेदवार !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
Rekha-Thapa-in-2016.jpg
तस्वीर–फाइल ।

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । हिजोदेखि शुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उम्मेदवारी घोषणा धमाधम भइरहेको छ । 

उक्त क्रममा नेपाली चलचित्रकी अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने भएकी छिन् । उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ। यसअघि लिङ्देनको प्यानलबाट धबल शमशेर राणाले उम्मेदवारी दिने घोषणा भइसकेको छ । 

राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। लिङ्देन प्यानलबाट गोविन्द खनियाको नाम पनि आएको छ ।  विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ। 

महाधिवेशनमा दुई खेमा प्यानल बनाएर उत्रदैछन् । कमल थापा प्यानलबाट  कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

रेखा थापाको उम्मेदवारी परेका खण्डमा उनको भिडन्त कुन्ती शाहीसँग हुनेछ । 

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाको लागि निर्वाचन हुँदैछ। बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ