डब्ल्युएचओले भन्यो- नयाँ भेरिअन्टबारे बुझ्न केही हप्ता लाग्छ
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
588
Shares
काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ भेरिअन्टबारे बुझ्न केही हप्ता लाग्ने बताएको छ। बी.१.१.५२९ नाम दिइएको यो भेरिअन्ट कति सङ्क्रामक र विषाक्त छ भनेर थाहा पाउन अनुसन्धानकर्ताहरूलाई समय लाग्ने भएको डब्ल्युएचओले जनाएको हो।
'उत्परिवर्तन कस्ता हुन् र कत्तिको सङ्क्रामक अथवा विषाक्त (गम्भीर बिरामी बनाउने) छन् भनेर बुझ्न अन्वेषकहरूले काम गरिरहेका छन्,' डब्ल्युएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले भने।
डब्ल्युएचओले यो नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ इन्ट्रेस्ट अथवा कन्सर्न केमा राख्ने भनेर पनि छलफल सुरु गरेको छ।