arrow

आन्दोलनमा बार

प्रधानन्यायाधीशविरुद्ध साताव्यापी आन्दोलन घोषणा : सोमबार दलका नेतालाई ज्ञापनपत्र बुझाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
suprim_cort.jpg

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्ध साताव्यापी आन्दोलनको घोषणा गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि बार एसोसिएसनले शुक्रवार ३ बजेसम्मको समय दिएको थियो। सो समय भित्र जबराले राजीनामा नदिएपछि बारले शुक्रवार पुनः साताव्यापी आन्दोलनको घोषणा गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

आन्दोलनका कार्यक्रम अन्तर्गत बारले कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको विरोधमा आइतबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेको छ।

यसै गरी सोमबार संसद्मा रहेका राजनीतिक दलहरूलाई आन्दोलनको बारेमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ। यस्तै मङ्गलवार अन्तिम म्याद भएका बाहेक कुनै पनि मुद्दा दर्ता नगर्ने तथा बुधवार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाइ विरोध सभा गर्ने निर्णय बार एसोसिएसनको छ।

यसै गरी बिहीबार र शुक्रवार सर्वोच्चमा धर्ना दिने बार एसोएिसनको शुक्रवार बसेको बैठकको निर्णय गरेको छ। नेपाल बार र सर्वोच्च बारले शुक्रवारसम्म गरी घोषित रूपमा नै १४औँ दिनको विरोध कार्यक्रम गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ