arrow

सामूहिक करणी पछि हत्या आरोपमा दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
jail1.jpeg

जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका-२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका-५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताए ।

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् ।

बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो । 

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ