गणपति ज्वेलर्ससँग विवाह उत्सव, यस्तो हुनेछ जीवनभरको मीठो सम्झना
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
741
Shares
काठमाडौं । विवाहको मौसमलाई लक्षित गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपति ज्वेलर्सले मिलाउने छ ।
‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन् । ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामना सहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मीठो सम्झना दिनेछ ।’
काठमाडौंं न्यूरोड विशाल बजारको जनसेवासँगै रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ ।
गणपति ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरेका छन् ।
‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने विश्वास गरेका छौं । हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने, ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउ बनाउने, खुशी र आनन्ददायी बनाउने हो ।’