अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर काठमाडौँमा, प्रधानमन्त्री देउवासँग भेट
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
1.3k
Shares
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा) का अध्यक्ष उमर क्रमलेभले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवालाई भेट्न उमर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पुगेका हुन् ।
नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्यीय टोली बुधबार बिहान काठमाडौं आइपुगेको हो । अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।
सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी लगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गरेका हुन् ।
आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।