arrow

प्रहरी अस्पतालमा अनियमितता प्रकरण

कैफियत देखिएन : छानविन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
nepal-police12.jpg

काठमाडौं। प्रहरी अस्पताल महाराजगन्जमा लेजर मेसिन लगाएका स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको पाइएको छ।

प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनका लागि गठित समितिले अनियमितता नभेटिएको निष्कर्षसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाएको हो।

प्रहरी महानिरीक्षक क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको दबाबपछि अनियमितताको छानबिन गर्न भन्दै एआइजी विश्वराज पोखरेलको नेतृत्वमा छानबिन समिति बनाएका थिए।

पोखरेल नेतृत्वको समितिले मेसिन खरिदमा आवश्यक प्रक्रिया पुरा गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ। तर आन्तरिक केही विवादका कारण अनियमितताको आशङ्का भएको पाइएको प्रतिवेदनमा भनिएको छ।

‘अस्पतालमा प्रमुखको जिम्मेवारी दिँदाको विषय मूल विवाद हो, अनियमितताको विषय आशङ्का मात्रै भएको देखियो, स्वास्थ्य सामग्री खरिदमा कैफियत देखिएन,’ छानबिन समितिका एक सदस्यले भने।

छानबिन समितिले भविष्यमा यस्तो गुनासो नआउने गरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयलाई सतर्कसमेत गराएको छ।

अस्पताल प्रमुख एआईजी डा. आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरीपछि प्रधान कार्यालयले छानबिन अघि बढाएको थियो।

समितिमा आइजिपीको सचिवालयमा कार्यरत डिआइजी वसन्त लामा, एसएसपी भीम ढकाल, एसएसपी पूजा सिंह र डिएसपी ज्ञानेन्द्र बस्नेत सदस्य थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ