arrow

मातृको बाटोमा शुभेच्छुक

मिति तोक्ने, स्थगित गर्ने परम्परा कांग्रेसको कर्मचारी संगठनमा पनि 

मंसिरमा हुने भनिएको नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन नहुने भयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
trade-union1623313921.jpg
फाइल तस्बिर

काठमाडौं । महाधिवेशनको लागि मिति तोक्ने तर तोकिएको मितिमा महाविधेशन नगर्ने, फेरि महाधिवेशनको अर्को तिथि तय गर्ने नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको परम्परा जस्तै भएको छ । 

यो परम्पराबाट नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन पनि अलग हुन सकेन । आगामी मंसिर २१, २२ र २३ गते हुने भनिएको नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित भएको छ । 

तत्काल युनियनको केन्द्रीय समितिको बैठक बस्ने र उक्त बैठकले मंसिरमा हुने भनिएको महाधिवेशन तिथी  स्थगित गर्ने भएको छ । युनियनका उपमहासचिव यज्ञराज अर्यालले मंसिर २१, २२ र २३ गते हुने भनिएको युनियनको ८औं महाधिवेशन तोकिएको मितिमा नहुने करिब करिब निश्चित भएको र केबल घोषणा गर्न मात्र बाँकी रहेको बताए । 

‘मंसिरमै हाम्रो मातृ पार्टी नेपाली कांग्रेसको महाधिवेशन हुने भयो । मातृ पार्टीको महाविधेशनसँग जुध्ने भएपछि युनियनको महाधिवेशनको तिथी स्थगित गर्ने निष्कर्षमा पुगेका हौं’, अर्यालले भने, ‘तोकिएको मितिमा महाविधेशन नहुनुमा तयारी नपुगेर पनि हो ।’ 

उनका अनुसार अहिलेसम्म ३ वटा जिल्लामात्र जिल्ला अधिवेशन भएका छन् । मंसिर ११ गतेसम्म सबै जिल्लामा जिल्ला अधिवेशन तथा विभागहरुमा विभागीय अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिले सबै जिल्ला समिति तथा विभागहरुलाई निर्देशन दिएको छ । 

तर विभाग तथा जिल्ला समितिहरूले केन्द्रको निर्देशनलाई कार्यान्वयन गर्न आलटाल गरिरहेका छन् । युनियनको विधानअनुसार युनियनको अधिवेशन एक वर्ष पहिले नै भइसक्नु पर्ने हो । पोहोर साल झापामा युनियनको केन्द्रीय समितिको बैठक बोलाइ उक्त बैठकले वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।  

२०७४ चैत ४, ५ र ६ गते चितवनको युनियनको ७औं महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनले गोपाल पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । युनियनको विधानमा युनियनको नव निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष राखिएको छ ।

विशेष कारणवश एक वर्ष थप गर्न सक्ने व्यवस्था विधानमा गरिएको छ । उक्त व्यवस्था अनुसार वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थप गरिएको हो । तोकिएको मितिमा महाधिवेशन हुन नसक्नुमा युनियनका कार्यसमितिका पदाधिकारीहरू कोभिड १९को महामारीलाई पनि कारण देखाउँछन् । 

तर युनियनका एक केन्द्रीय सदस्यले भने, ‘महाधिवेशन गर्न चाहेको भए मंसिरमै महाधिवेशन हुने अवस्था थियो । तर अहिले केही ढिलो भएको छ ।’  

युनियनका अर्का एक पदाधिकारीले भने पार्टीका केन्द्रीय तहका नेताहरूसँग सरसल्लाह गरी मंसिरमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने तयारी गरिएको बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ