माछापुच्छ्रे बैङ्कको २३औँ वार्षिक साधारणसभा सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
589
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको २३ औँ वार्षिक साधारणसभा कार्तिक २६ गते शुक्रवार होटेल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ। यस अवसरमा बैङ्कको आर्थिक वर्ष २०७७-७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरू पारित भएको बैङ्कले जनाएको छ।
उक्त साधारण सभाले बैङ्कको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैङ्कको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयर धनी हरुलाई हालको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ। बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्ना १६२ वटा शाखाहरू लगायत १५४ शाखा रहित बैङ्किङ सेवा समेत गरी जम्मा ३१६ स्थान वाट ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गर्नुका साथै, बैङ्कको देशभर २०० वटा एटिएमहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।