arrow

खैरो हेरोइनसहित नौ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
heroine.jpeg

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका-१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका-४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका-१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका-५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४का ३२ वर्षीय गौतम केसी रहेका छन् । 

काठमाडौँ बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका-१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । 

प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ