arrow

एनसेलको सहयात्री सिम, ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
ncell.png
फाइल तस्बिर

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरूको लाभ लिन सक्छन्। ग्राहकले ग्लोबल बैङ्कमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैङ्कको मोबाइल बैङ्किङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउँछन्।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैङ्कबिच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरू, उनीहरूका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता हो । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैङ्कको विभिन्न सुविधाहरूको फाइदा लिन सक्छन् । 

यस सम्झौता अनुरूप, ग्लोबल बैङ्कमा खाता खोल्ने ग्राहकले १२ महिना सम्म हरेक महिना ग्लोबल बैङ्कको मोबाइल बैङ्किङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजना अन्तर्गतको सिम कार्डमा ग्राहकले रु २० को मेन ब्यालेन्स, ७ दिनको समय सीमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् । 

त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको रु १०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा, सुविधाहरू ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् । 

सहयात्री सिममा ग्राहकका लागि एनसेले एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरूमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरूको फाइदा पनि लिन सक्नेछन् । 

इच्छुक विद्यमान सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैङ्कको बैङ्किङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिन पर्दछ । 

१८ वर्ष वा सो भन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरू यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजना अन्तर्गतको खातामा  ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैङ्किङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरूको लाभ पनि लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ