arrow

सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, १० को सनाखत

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Salyan-hamrakura.jpg.jpeg

सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।

 मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका-१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका-१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको बबई गाउँपालिका-४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका-६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ