arrow

शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
sagya malla.jpg

काठमाडौं । कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सज्ञा मल्ललाई ११औं राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ । अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा प्रदान गर्न लागिएको हो ।

डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन ।

नेपाल प्रहरीले पनि डा.मल्लले उक्त पुरस्कार पाउन लागेको पुष्टी गरेको छ । कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई उनले गरिरहेको पनि प्रहरीले जनाएको छ ।

वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ