arrow

रुसमा दैनिक संक्रमित ४० हजारभन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
corona-russia.jpg

मस्को । रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन् । 

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन् । तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो । 

रूसमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ । यो सङ्ख्या पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो ।

रुसमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ । नयाँ थपिएका संक्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ