arrow

प्रधानन्यायाधीले राजीनामा नदिए भोलि दोस्रो चरणको आन्दोलन घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
suprim_cort.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले पदबाट राजीनामा नदिए कानुन व्यवसायीहरू भोलि बुधवारबाट दोस्रो चरणको आन्दोलनमा जाने भएका छन्।

नेपाल बार एसोसिएसनको नेतृत्वमा १४ कार्तिकबाट सुरु पहिलो चरणको आन्दोलन भोलिसम्मका लागि तय गरिएको छ। सोही अनुसार भोलिसम्म पनि राजीनामा नआए भोलि दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने बारको तयारी छ। नेपाल बारको आन्दोलनमा सर्वोच्च बार पनि सँगसँगै ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नआए भोलि नै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए।

उनले प्रधानन्यायाधीशले पद नछाडे आन्दोलनको कार्यक्रमलाई देशव्यापी बनाइनेसमेत बताए।

प्रधानन्यायाधीश जबराले न्यायालयमा देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको उनको दाबी छ।

यसैगरी वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए अझै सशक्त प्रतिकार गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ