arrow

कानून व्यवसायीहरुको धर्नाकाबीच प्रधानन्यायाधीश जबराले तोके ६ वटा इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि बन्दी प्रत्यक्षीकरण साथै अन्य ६ वटा इजलास तोकेका छन् ।

इजलास वहिष्कार गर्दै आएका न्यायाधीशहरुले  बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने अडान लिएपछि जवराले सोही अनुसार कुल १० वटा इजलास तोकेका हुन् । मंगलबार बैंकिङ कसूरका ४ वटा मुद्दा पनि पेशी चढेका छन् ।

यता, जबराको राजीनामाको माग राख्दै कानून व्यवसायीहरुले तेस्रो दिन पनि विरोध कार्यक्रम जारी राखेका छन् । राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएर आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबार पनि हातमा कालोपट्टी बाँधेर सर्बोच्च परिसरमा धर्ना दिएका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले अदालत परिसरमा धर्ना दिएका हुन् । जबरालाई बारले राजीनामा दिन दिएको पाँचदिने अल्टिमेटमको मंगलबार अन्तिम दिन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ