arrow

सङ्घीय संसद् सेवातर्फ कर्मचारी जानै चाहन्नन्, प्रशासनमै चासो

संसद् तर्फ उपसचिव पदमा सबै फेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
loksewa-aayog-psc.jpg
फाइल तस्बिर

काठमाडौँ। निजामती कर्मचारीहरू सङ्घीय संसद् सेवा समूहतर्फ जान चाहँदैनन्।  सकेसम्म प्रशासन सेवा तीर जाने प्रवृत्ति निजामती कर्मचारीहरूमा देखिएको छ। निजामती क्षेत्रमा प्रशासन सेवाका कर्मचारी हाबी हुने हुँदा कर्मचारीहरू सकेसम्म प्रशासन सेवा तीर जान खोजेको  पाइएको छ।

लोकसेवा आयोगले खुलाएको आन्तरिक प्रतिस्पर्धाको विज्ञापनमा निजामती कर्मचारीहरूको सहभागी सङ्ख्या हेर्दा यो पुष्टि हुन्छ। आयोगले सङ्घीय संसद् सेवा तर्फ उपसचिवको दरबन्दीमा ३ पदमा विज्ञापन खुलाएको थियो। ३ पदकलागि लिइएको लिखित परीक्षामा २ जना परीक्षार्थी मात्र सहभागी भए। फाराम भरेकाहरू पनि लिखित परीक्षामा सहभागी भएनन्। २ जनाले लिखित परीक्षा दिए पनि दुवै जना फेल भए। आयोगले राजपत्राङ्कित दितिय श्रेणीको ३ पदकलागि गत भदौ ८र १८ गते लिखित परीक्षा लिएको थियो।

आयोगले प्रशासन तर्फ २५,परराष्ट्र तर्फ १, राजस्वतर्फ ४, लेखा परीक्षण तर्फ १ र सङ्घीय संसद् तर्फ ३ पदकलागि आन्तरिक प्रतिस्पर्धाबाट ३४ उपसचिव पदमा  पदपूर्ति हुने गरी विज्ञापन खुलाएको थियो। त्यसमा १ हजार ९ सय ८४ निजामती कर्मचारीहरू लिखित परीक्षामा सहभागी भएका थिए। ती मध्ये ६८ जना कर्मचारीलाई अन्तर्वार्ता कोलागि बोलाइएका थिए।

आयोगका अनुसार प्रशासन सेवा तर्फको २५ पदमा ९ सय ६३ जना कर्मचारीहरू लिखित परीक्षामा सहभागी भएका थिए। यसबाट प्रशासन सेवा तीर कर्मचारीहरूको चासो बढेको देखिन्छ।

प्रशासन सेवा पछि कर्मचारीहरूको चासो परराष्ट्र सेवा तीर छ। परराष्ट्र सेवाको १ पदमा ७७ जना कर्मचारीहरू लिखित परीक्षामा सहभागी भएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ