प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास
ललिता निवास प्रकरण पेसीमा चढेन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
829
Shares
काठमाडौं । राजीनामा दिनुपर्ने दबाब खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका ६ वटा इजलास तोकेका छन् ।
उनले बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र इजलास तोकेका हुन् । जबराले आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका हुन् ।
जबराको विरुद्धमा रहेका न्यायाधीशहरुले अन्य मुद्दाको सुनुवाइ नगर्ने भएपछि प्रधानन्यायाधीश जबराले सोही अनुरुपमात्र इजलास तोकेका हुन्।
सर्वोच्चका न्यायाधीशहरुले बेन्च बहिष्कार गरिरहेकाले यसअघि आज कार्तिक १५ गतेका लागि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयका निर्णय सुनाउने भनिएपनि सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।
यसअघि कार्तिक १५ गते माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा निर्णय सुनाउने दिन तोकिएको थियो ।