arrow

सन्देशमुलक देउसी भैलो अष्ट्रेलियाको मेलर्बनमा आयोजना गरिने

logo
कौरव खत्री 
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
deusi-austrila.jpg

गुल्मी । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आउँदो सोमबार अर्थात नोभेम्बर १ तारिकमा एक दिने देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

देउसी भैलो कार्यक्रममा हाल अष्ट्रेलियाका विभिन्न स्थानहरुमा पेसा,व्यवसाय र रोजगारी गदै आएका नेपालीहरुको सहभागिता हुने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिए ।

विशेष गरि देउसी भैलो कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनमा सहयोग पु¥याउनुका साथै नया पुस्तालाई कला संस्कृति सिको गर्न थप बल पुग्ने र नेपालीहरु एक आपसमा आपसी सद्भाव कायम राख्ने,तिहार पर्वको रमाइलो र दुःख सुख साटासाट गर्न थप बल पुग्ने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिए ।

अध्यक्ष भट्टराईले देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराहरु देउसी भैलोको गीत मार्फत स्वास्थ्यसँग सम्वन्धित सन्देशमुलक देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने बताए ।

देउसी भैलो कार्यक्रम अष्ट्रेलियाको मेलवर्नको पालम्स रेष्टुरेण्डमा सञ्चालन हुने जनाइएको छ । देउसी भैलो कार्यक्रममा कलाकारहरु दिपक सापकोटा, लक्ष्मण सापकोटा, टंक कंडेल, हरि खरेल, लाल सिंह,द्रोण केसी, रक्षा भण्डारी, सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउँसी भैलो प्रस्तुती रहने जनाइएको छ ।

त्यस्तै देउसी भैलो कार्यक्रमलाई इ-नेपालका मनोज पौडेल, र इलाइट इभेन्टले सहयोग पुर्याएको कार्यक्रम नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने जनाएइको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ