arrow

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
ncell-crisis-response-award.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ। कार्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजय ताको घोषणा भएको थियो।

सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरूलाई सम्मानित गर्दछ। यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद् प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्प जस्ता विभिन्न विपद् तथा सङ्कटको समयमा गरेका योगदानहरूको सराहना गर्दछ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरू मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो। त्यस्तै कोभिड महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपद्का समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो। वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ।

“यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्त्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौँ। यी सम्मानहरू हामीले समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्त्वपूर्ण कार्यहरू मात्र नभएर हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपद्को समयमा सरकार र नेपाली जनसमुदायहरूलाई पुर्‍याएको सहयोग र योगदानको कदर हो।

हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु।” वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरू जित्न सफल भएकोमा खुसी  र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने।

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरी पाँच कम्पनीहरू सूचीकृत भएका थिए। त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचीकृत भएका थिए।

यसै गरी एनसेलले हालै मात्र सम्पन्न ‘एसियाज वेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औँ संस्करणमा ‘एसियाज वेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो। इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द इन्डस्ट्री ग्रुपले एसियामा रहेका विभिन्न कम्पनीहरूलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरूलाई सम्मान गर्दछ।

यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरूका साथ हालै मात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो। टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरूको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरूलाई सम्मान गर्दछ। सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरूलाई दिइन्छ जसले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि ठुलो सम्भावनाहरू बोकेको हुन्छ। 

गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो। एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्डबाट सम्मानित भएका थिए।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ। कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ