arrow

प्राध्यापक सङ्घका नौ पूर्व अध्यक्षहरूद्वारा प्रधानन्यायाधीश राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं। नेपाल प्राध्यापक सङ्घका नौ जना पूर्व अध्यक्षहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्।

प्राध्यापक सङ्घका पूर्व अध्यक्षहरू प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा.डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई, प्रा. गुणनिधी न्यौपानेले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूर्ण रूपमा नेतृत्वमा असफल भएको भन्दै राजीनामा मागेका हुन्।

‘स्वतन्त्र न्यायपालिकाको जन आस्था र प्रतिष्ठा बचाइ राख्नका लागिहाल नेतृत्वमा रहनु भएका व्यक्तिले नै निकास दिनु पर्दछ,यस विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनीयता, निष्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो,’नौ जना पूर्व अध्यक्षद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ